फेडेरर मायामी अ‍ोपन टेनिसमा अप्रत्यासित रुपले पराजित

काठमाडौं, चैत ११ । स्विस टेनिस स्टार रोजर फेडेरर अमेरिकाको फ्लोरिडामा सम्पन्न मायामी अ‍ोपन टेनिसमा अप्रत्यासित रुपले पराजित भएका छन् ।

विश्व नम्बर एक फेडेररलाई १ सय ७५ औं वरियताका थानासी कोकिनाकिसले हराएका हुन् । अष्ट्रेलियन खेलाडी कोकिनाकिसले फेडेररलाई ३-६, ६-३ र ७-६ ले हराएका हुन् ।

यो हारसँगै फेडेररले विश्व टेनिस वरियताको शिर्ष स्थान गुमाउने भएका छन् । फेडेररको ठाउँ अब स्पेनिस खेलाडी रफाईल नदालले लिनेछन् ।

उनले आसन्न फ्रेन्च ओपन टेनिस पनि नखेल्ने बताएका छन् । फेडेररले अघिल्लो वर्ष पनि क्ले कोर्टका प्रतियोगिताहरु गुमाएका थिए ।

मायामी ओपनमा भोगेको यो हार फेडेररले पछिल्लो एक हप्तामा भोगेको दोस्रो हार हो ।

फेडेरर ६ दिनअघि अमेरिकामै सम्पन्न ईन्डीयाना वेल्समा अर्जेन्टाईनी खेलाडी हुँवा मार्टिन डेल पोत्रोसँग हारेका थिए ।

उक्त हारले फेडेररको १७ खेल लामो जितको श्रृंखलामा पूर्णविराम लगाएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *