हरीयाली बनाइँदै राजधानीः दुई दर्जन प्रजातिका १६ हजार वृक्षरोपण

काठमाडौं, चैत ११ । काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ । वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा १५ हजार ६ सय ७६ वटा वृक्षरोपण गर्न लागिएको हो ।

कमपा वातावरण विभागका प्रमुख हरि कुँवरले महानगर क्षेत्रको ४७ किलोमिटर क्षेत्रमा वृक्षरोपण गर्न लागिएको जानकारी दिए ।

उनले पहिचान भएको रुटमा असारदेखि वृक्षरोपण गरिने जानकारी दिए । ती क्षेत्रमा गोल्डेन धुपी, चोरी, टुपडिनथस, जङगोबाइलोबा, पैयुँ, चाँप, कोइरालो, टाँकी, मयूरपङखी धुपी, राजवृक्ष, करबिर, आकाश नियाल लोटिका, पारिजात, स्वामी, लेकपाङरा, कल्की जामुनलगायत दुई दर्जन प्रजातिका वृक्षरोपण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *