खड्काको स्वास्थ्य अवस्था जटिल, कांग्रेस नेताहरु भेट्न दिल्ली जाँदै

काठमाडौं, चैत १० । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था जटिल बन्दै गएको समाचार छ । खड्काको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्थाबारे बुझ्न कांग्रेस केही नेताहरु दिल्ली पुगिसकेका छन् भने अरु नेताहरु पनि जाने तयारीमा छन् ।उनको स्वस्थ्य स्थिति बुझ्न राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझी, युवा नेता तथा महासमिति सदस्य मिनकृण्ण महर्जन, महाधिवेशन प्रतिनिधि महेश श्रेष्ठ दिल्लीमा नै रहेका छन् ।

कांग्रेस नेता शेखर कोईराला, पुर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य शंकर भण्डारी लगायतका नेताहरु खड्कालाई भेट्न दिल्ली जान लागेको बताईको छ । कांग्रेस सभापति शेर बहादुर देउवाले एपोलो अस्पतालमा सम्पर्क गरेर नेता खड्काको स्वास्थ स्थिति बारे जानकारी लिएका थिए ।

नेता खड्का ३४ दिनदेखि हस्पिटलको शैयामा छन् । खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए ।

यसैबिच खड्काको स्वास्थ्य जटिल बनेको जानकारी पाएलगत्तै गृहजिल्ला दाङका शुभेच्छुक कार्यकर्ताहरुले मन्दिरमा पूजाआजा गरेका छन् । दाङको विजौरी र कोठरीसहितका विभिन्न मन्दिरहरुमा नेता खड्काको स्वास्थ्य लाभको कामना गरेर बिहीबार पूजा गरिएको हो ।

मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता नयाँदिल्ली लगिएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *