सेनाको परीक्षा दिने १२ नक्कली परीक्षार्थी पक्राउ, ८ महिला पनि

काठमाडौं, चैत १० । नेपाली सेनाले लिएको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने र दिन लगाउने १२ जना ब्यक्ति शनिबार पक्राउ परेका छन् ।

सेनाले लिएको सैन्यतर्फको लिखित परीक्षामा विभिन्न परीक्षा केन्द्रबाट ११ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । अरुलाई परीक्षा दिन पठाउने अर्का एकजना पनि समातिएका छन् । पक्राउ परेकामध्ये ८ जना महिला छन् ।

प्रहरीले सीआईटी कलेज, कोटेश्वरबाट १० जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको होे । यस्तै, आरआर कलेजबाट एकजना फर्जी परीक्षार्थी पनि समातिएका छन् ।

सुरक्षा निकायको परीक्षामा यसअघि नक्कली परीक्षार्थी भेटिएका थिएनन् । तर, स्कूल, कलेज, सरकारी सेवा सहित सुरक्षा निकायमा समेत नक्कली परीक्षार्थीको विगबिगी बढ्न थालेको देखिन्छ ।

यसरी अर्काको लागि परीक्षा दिनेहरु कतिपय रकम लिएर खेतालाको रुपमा काम गर्छन् भने कतिपय साथीभाई र आफन्तको लहैलहैमा लागेर पनि यस्तो गर्ने गरेका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *