अनौठो नगरपालिका, मेयरले जित्छन् आफ्नै मतले

जम्मा जनसंख्या-१, अनि स्थानीय निर्वाचनमा आफैँ मतदाता, उम्मेदवार र विजेता अनि मेयर पनि । हो, अमेरिकाको नेब्रास्का  राज्यमा एउटा यस्तो गाउँ छ जसको जनसंख्या १ रहेको छ । सन् २०१० को जान गणना अनुसार ८० वर्षीय एल्सी मोनोवी नगरपालिकामा बसोबास गर्ने एक मात्र नागरिक हुन् । यस स्थानको विशिष्ट जनसंख्यिकीलाई प्रदर्शन गर्न त्यहाँ मोनोवी-१ लेखिएको साइनबोर्ड राखिएको छ ।

सन् १९०२ ताका मिसौरी उपत्यका रेलमार्ग यहाँसम्म बिस्तार हुँदा यहाँ बस्ती बस्न सुरु गरेको थियो । जनगणना विभागका अनुसार सन् १९३० ताका यहाँको जनसंख्या सर्वाधिक १ सय ५० रहेको थियो । पछि यहाँका मानिस अन्त बसाई सर्दै गएपछि यहाँको जनसंख्या घट्दै गएको बताइन्छ । कुनै समय यस गाउँमा एल्सी र उनका श्रीमान रुडी गरेर दुई जना मात्रै बस्दथे । सन् २००४ मा रुडीको मृत्युपछि एल्सी एक्लै यहाँ बस्ने गरेकी छिन् ।

अहिले पनि यो गाउँ फरक स्थानीय निकायको हैसियतमा रहेको छ । यहाँ अरु स्थानीय निकाय जस्तै निर्वाचन हुन्छ । एल्सी एक्लै चुनावमा उठ्छिन्, गाउँमा पर्चा टाँस्छिन् र एकमात्र भोट पाएर निर्वाचित पनि हुन्छिन् । उनी यस स्थानीय निकायकी निर्वाचित मेयर हुन्छिन् त्यो पनि आफ्नो मात्रै भोटले । उनी आफैँ कर तिर्छिन् र गाउँको एकमात्र पुस्तकालय समेत चलाउँछिन् ।

एल्सीका पति रुडीको नामबाट चलाइएको गाउँको पुस्तकालयमा जम्मा ५ हजार पुस्तक रहेका छन् । साथै उनी एक्लै पुरै गाउँको हेरचाह पनि गर्छिन् । उनले आफैँलाई मदिरा बिक्रीको अनुमतिपत्र समेत जारी गरेकी छिन् र एकमात्र मदिरा पसल ‘मोनोवी ट्याभर्न’ समेत संचालित गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *