मुलुक निर्माणको महाअभियानमा सरिक हुन प्रचण्डको आह्वान

काठमाडौं, चैत १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक निर्माणको महाअभियानमा सरिक हुन सबैलाई आह्वान गरेका छन् ।

काठमाडौंमा चक्रपथ सरसफाई अभियानमा सरिक हुँदै उनले राजनीतिभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्न आग्रह गरे । राजनीतिक संक्रमणकालको अन्त्य भएको भन्दै दाहालले अब आर्थिक समृद्धिको लक्ष्य लिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

अब कुनै पनि काममा आलटाल गर्ने छुट कसैलाई नहुने भन्दै सरकारलाई राजनीतिक आग्रह पूर्वाग्रह नराखी काम गर्न सुझाव दिए । गृह मन्त्री रामबहादुर थापा, वन तथा वाताबरण मन्त्री शक्ति बस्नेतलगायतले मन स्वच्छ भए वातावरण स्वच्छ हुने भएकाले मनबाटै जागरुकता जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा सरसफाई अभियानमा योगदन पु¥याउनेहरुलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *