एउटा यस्तो सुसाइड जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो, किन होला ?

“एक यस्तो आत्माहत्या, जसलाई ‘मोस्ट ब्युटिफुल सुसाइड’ भनियो । किन होला ? प्रसंग आत्माहत्याको घटनाबाटै सुरु गरौँ । घटना हो, सन् १९४७ मे १ को । इभेलेन म्यकहेल नामकी एक महिलाले आत्माहत्या गरिन्, न्यार्योकको एम्पायर स्टेट बिल्डिङबाट । त्यतीबेला बिहानको १० बजेर ४० मिनेट गएको थियो । उनी ६८ औं तलाबाट हाम फालेर युनाइटेट नेशनको एक कारमा बज्रिन पुगिन् ।

संयोग कस्तो पर्‍यो भने, जतिबेला उनी कारमा बज्रिइन्, ठीक त्यही बखत एक फोटोग्राफीका विद्यार्थी रोबर्ट सी विल्स सोहि बाटोबाट हिाडिरहेका थिए । उनले एभेलेन कारको छतमा गिरेको ४ मिनेटमै तात्तातो फोटो खिचे । पछि यही फोटोलाई प्रतिष्ठित लाइफ म्यागजिनले सन् १९४७ मे १२ को अंकमा पुरा पेज प्रकासित गर्‍यो ।

किन ब्युटिफुल सुसाइड ?

एभेलिन ३ सय २० मीटरको उाचाईबाट गिरेकी थिइन् । यतिको उचाईबाट कारको छतमा बज्रिएकी उनको शरीर क्षत विक्षत हुनु पर्ने हामे । तर, त्यस्तो भएन । यस्तो लाग्थ्यो, उनी कारको माथि मस्त आरम गरिरहेकी छिन् ।

– हुन त उनी मरिसकेकी थिइन् । तर, उनको शरीर स्टाइलिस देखिन्थ्यो । उनको खुट्टा खाली थियो र एउटा खुट्टा त्यसमाथि खप्टिएको थियो । त्यसबेला अमेरिकी महिलाहरु यसैगरी आरम गर्थे ।

– उनको देब्रे हात उनको गलामा पहिरिएको मोतिको मालामा थियो, मानौ उनी माला खेलाइरहेकी छिन् ।

– उनको शरीरमा चोट थिएन र उनको शव कतिपति बिकृत देखिदैनथ्यो । समग्र दृश्यमा दुई कुरा मात्र असामन्य देखिन्थ्यो, कारको कुचिएको बडी र एभेलिनको फाटेको मोजा । यस बाहेक अरु सबैकुरा सामन्य देखिन्थ्यो ।

– फोटोग्राफरले खिचेको फोटो ब्ल्याक एन्ड ह्वाइट थियो ।

– एभेलिनको जन्म २० सेप्टेम्बर १९२३ मा क्यार्लिफोर्नियामा भएको थियो । उनले किन आत्माहत्या गरिन् ? त्यो कहिल्यै खुलेन ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *