सिरहामा एसईई परिक्षाको समाचार संकलनमा रोक, परिक्षा अमर्यादित भएको अुनमान

सिरहा, चैत ९ । सिरहामा एसईई परिक्षाको समाचार संकलन गर्न संचारकर्मीहरुलाई रोक लगाईएको छ । हिजो (बिहिबार) देखि जारी गरिएको एसईई परिक्षाको समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीहरुलाई विभिन्न परिक्षा केन्द्रहरुमा रोक लगाईएको नेपाल पत्रकार महासंघ सिरहाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ ‘परीक्षाका क्रममा संस्थागत बिद्यालय सञ्चालकबाट स्थानीय प्रहरी, प्रशासन, जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु तथा केन्द्राध्यक्षलाई प्रभाव पारी परीक्षा अमर्यादित बनाएको बिगतको अनुभब ताजै छ ।’

एसईई परीक्षामा संचारकर्मीहरुलाई समाचार संकलनमा रोक लगाएर परीक्षा अमर्यादीत भएको बुझ्न सकिने पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर गुप्ताले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *