बार एसोसिएसनको राष्ट्रिय सम्मेलन आजदेखि नेपालगञ्जमा सुरु

काठमाडौं, चैत ९ । कानुन व्यवसायीको छाता संगठन बार एसोसिएसनको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ ।  अाजदेखि नेपालगञ्जमा सुरु हुने राष्ट्रिय सम्मेलनमा बारले स्वतन्त्र न्यायपालिकाको मुद्दालाई प्राथमिकतामा राखेको छ । छलफलमा मुलुकभरका करिब ३ हजार कानुन व्यवसायी सहभागी हुने बारका अध्यक्ष शेरबहादुर केसीले जानारी दिनुभयो ।

सम्मेलनको मुख्य नारा ‘स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिकाप्रति प्रतिबद्धता स् कानुन व्यवसायीको पेसागत दक्षता एवं सुनिश्चितता’ तय गरिएको छ । तीनदिने सम्मेलनमा १० वटा विषयमा प्यानल बनाएर छलफल गरी नेपालगन्ज घोषणापत्र जारी गरिनेछ ।

कानुन व्यवसायलाई आत्मनिर्भर, व्यावसायिक, दक्ष र मर्या्दित एवं विश्वसनीय कसरी बनाउने, स्वतन्त्र न्यायपालिकाभित्र र बाहिर संवैधानिक संस्थाले गर्ने आक्रमणबाट न्यायपालिकालाई कसरी जोगाउनेलगायत विषयमा छलफल हुनेछ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *