विदेशस्थित नेपालीलाई कार्यरत देशबाटै मताधिकार देउ : सर्वोच्च

काठमाडौँ, चैत ८ । विदेशमा रहेका नेपालीहरूका लागि पनि मतदानको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले विदेशमा रहेका नेपालीको हकमा मतदानको कानुनी व्यवस्था गर्न आदेश दिएको हो ।

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारबाट बञ्चित गर्न नहुने माग राखी सामाजिक न्यायका लागि कानुन तथा नीति नियम मञ्चले सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । मञ्चले नागरिक मुलुकबाहिर भए पनि मतदानको अधिकार सुनिश्चित हुनुपर्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोगलगायतलाई विपक्षी बनाएको थियो ।

विदेशमा रहेका नेपालीलाई आमनिर्वाचनमा मताधिकारको व्यवस्था गर्न गैर आवासीय नेपालीसम्बन्धी विभिन्न संघसंगठनले माग गर्दै आएका थिए ।

वैदेशिक रोजगारमा गएकाहरुको मतदानको हक सुनिश्चित गर्न माग गर्दै ‘सामाजिक न्यायका लागि कानुन नीति नियम मञ्च’ले १४ वैशाख २०७३ मै सर्वोच्चमा रिट दायर गरेको थियो । आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *