एन्फाको निर्वाचन रोक्न उच्च अदालतको आदेश

चैत्र ८, काठमाडौं । ललितपुर उच्च अदालतले चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन राेक्न अन्तरिम अादेश जारी गरेकाे छ । भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले सो निर्णय गरेको हो ।

दुवै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट वञ्चित गरेको भन्दै उजुरी दिएपछि, उनीहरुलाई समावेश नगरी निर्वाचन गर्न नमिल्ने भन्दै अदालतले अर्को आदेश नआउँदासम्म निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो ।

यसअघि भक्तपुर जिल्ला फुटबल संघले सबै क्लबलाई समावेश नगरी निर्वाचन गर्न खोजेको भनेपछि जिल्ला अदालतमा विरोधी पक्षले उजुरी दिएका थिए । जसमा जिल्ला अदालतले सबैलाई समावेश गरेर निर्वाचन गर्न आदेश दिएको थियो । तर भक्तपुरले आफना निकटका क्लबलाई समावेश गरेर निर्वाचन गरेको थियो ।

असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनुवाई गर्दै १५ दिन भित्र दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।एन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तन धारबाट कर्माछिरीङ शेर्पाकाे प्यालन निर्वाचनमा प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *