सेनाले बनाए सरस्वति मन्दिर

डोल्पा, चैत ८ । डाेल्पाको ठूलोभेरी नगरपालिका–३ दुनैमा रहेको सरस्वति माविमा सेनाले सरस्वती देवीको मन्दिर निर्माण गरेको छ । विद्यालय, सुरक्षा गुल्म सेमु दुनै र कालीदत्त गुल्म सुलिगाडको संयुक्त प्रयासमा उक्त मन्दिर निर्माण गरिएको हो ।

विद्यालय, सुरक्षा गुल्म सेमु दुनै र कालीदत्त गुल्म उक्त मन्दिर सेनाका वाहिनीपति सहायक रथी कुमार लामाद्वारा मूर्ति राखेर पूजापाठ गरी अनावरण गरिएको थियो । नेपाली सेनाले हिँउदको चिसो समयमा पनि दिनरात खटेर मन्दिर निर्माण गरेकाले मन्दिरको रेखदेख र सरसफाइ विद्यालयले गर्नुपर्ने जाजरकोट डोल्पा सडकखण्डका प्रमुख तथा कर्णेल विश्वबन्धु पहाडीले बताए ।

विद्याकी देवी सरस्वती माताको मन्दिर विद्यालयमा निर्माण गरिदिएकामा शिक्षक तथा विद्यार्थीले सेनालाई धन्यवादसमेत दिएका थिए । सेनाले डोल्पामा सडक निर्माण, सरसफाइ, विपद् व्यवस्थापन, सार्वजानिक सम्पदा निर्माण जस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *