किन लाग्छ तिर्खा ?

“तिर्खा लाग्यो भने हामी पानी पिउँछौं । यदि शरीरमा पानीको कमी भयो भने रगतमा पनि पानीको कमी हुन्छ र कोशिकाले मष्तिष्कमा ‘पानी चाहियो’ भन्ने संकेत पठाउँछ । अनि हामीलाई तिर्खा लागेको अनुभूति हुन्छ । पानी पिएपछि सन्तुष्टि हुन्छ । पिएको पानी पेटबाट रगतसम्म पुग्न १० देखि १५ मिनेटसम्म लाग्छ । कहिलेकाहीँ त्योभन्दा बढी समय लाग्न सक्छ । पानी पिएपछि मष्तिष्कले संकेत पाउँछ।

तर ‘पोलिडिप्सिया’ नामक सिन्ड्रोम भएका मानिसका लागि भने पानी खतरापूर्ण हुन सक्छ । यस्ता मानिसलाई अत्यधिक तिर्खा लाग्छ र पानी निकै पिउछन् । तर त्यो पानीका कारण रगत बढी पातलो हुँदा मानिसको मृत्यु पनि हुन सक्छ।

किन र कसरी तिर्खा लाग्छ भन्ने विषयमा क्यालिफोर्निया इन्सिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले एउटा तथ्य पत्ता लगाएका छन् । शरीरले के लिइरहेको छ भन्ने कुरा मष्तिष्कले कसरी थाहा पाउछ भनेर अनुसन्धान गर्दा कोशिकाको एउटा सेटले पानी पिइरहेको सन्देश प्राप्त गर्छ भन्ने पत्ता लाग्यो । मष्तिष्कले पानीको सन्देश पाइसकेपछि बल्ल मानिसमा सन्तुष्टिको अनुभूति हुन्छ ।

विगत केही वर्षदेखि वैज्ञानिकहरुले मष्तिष्कमा तिर्खालाई नियमन गर्ने कोशिकाहरुको अध्ययन गरेका थिए । अध्ययनमा सहभागी युकि ओकाका अनुसार पानी पिएपछि मष्तिष्कको यो क्षेत्रको कोष शान्त हुन्छ । तर यो किन हुन्छ भन्ने विषयमा स्पष्ट छैन । मष्तिष्क र तिर्खाको सबन्ध पत्ता लगाउन श्रृंखलाबद्ध अध्ययन गरेका थिए ।
अध्ययनमा सहभागी विनित अगष्टिनका अनुसार मष्तिष्कको तिर्खासंवेदी केन्द्रमा रहेको ‘मिडियन प्रियोप्टिक न्युक्लियस’ नामक क्षेत्रले शरीरले पानी पिउँदैंछ भन्ने सन्देश अन्य कोषहरुलाई दिन्छ ।

(स्वास्थ्य खबर पत्रिकाबाट)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *