पाकेटमार पति छुटाउन पत्नीको यस्तो हर्कत, प्रहरी हैरान

काठमाडौँ, चैत ८ । बसको यात्रुको खल्तीबाट पाकेट मार्ने पाकेटमार पतिलाई छुटाउन खोज्ने २३ वर्षीया शर्मिला तामाङ पक्राउ परेकी छिन् । उनलाई प्रहरीले पशुपतिको वनकाली क्षेत्रबाट राति पौने १२ बजे पक्राउ गरेको हो ।

पाकेटमार पतिलाई छुटाउन प्रहरीलाई घुस दिएको आरोपमा उनी पक्राउ परेकी हुन् । उनले पतिलाई छुटाउन ३ लाख २४ हजार रुपैयाँ दिने भनी प्रहरीलाई नै फसाउन खोजेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनका पति धुलिखेलका २४ वर्षीय विवेक लामालाई प्रहरीले पाकेटमार गरेको आरोपमा बुधबार साँझ ७ बजे सिनामंगलबाट रंगेहात पक्राउ गरेको थियो । लामालाई कोटेश्वरबाट चाबहिलतर्फ जाँदै गरेको बसका यात्रु सरोज कार्कीको खल्तीबाट ७५ हजार रुपैयाँ माकेटमार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

‘विवेक लामाको श्रीमतीले प्रहरीलाई आर्थिक प्रलोभन देखाइ अनुसन्धान प्रभावित बनाई आफ्नो पति छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरी फसाउनेसमेत योजना रहेको अनुसन्धानबाट खुल्न आएको’ प्रहरीले बताएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *