कञ्चनपुर: हराएको २२ दिनपछि जंगलमा झुण्डिएको अवस्थामा शव फेला

कञ्चनपुर, चैत ८ । कञ्चनपुरमा हराएका ४५ वर्षीय मदन बहादुर बुढा मृत अवस्थामा फेला परेका छन् । शुक्लाफाँट नगरपालिका– ८ पिलरिफाँट घर भएका मदन गाउँ नजिकैको बर्रेगडामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक मोहन साउदले बुढाको शव झुण्डिएको अवस्थामा फेला परेको बताए । शव कुहिएको अवस्थामा फेला परेको छ उनले भने । शव नजिकै एक हँसियासमेत फेला परेको छ । शव परीक्षणका लागि महाकाली अञ्चलअस्पताल पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *