मृत बालिकाको शव अझै उठ्न सकेन, हत्या भएको आशंका

काठमाडौँ, चैत ८ । गत फागुन २६ गते एक बैँक कर्मचारिको घरमा मृत भेटिएकी सिन्धुपाल्चोक जिल्लाकी १४ वर्षीया बालिका रिता थामीको शव अझै उठ्न सकेको छैन । बालिकाको हत्या भएको भन्दै अनुसन्धान नभएसम्म बालिकाको शव नउठाउने आफन्तले जनाएका छन् ।

उनी नक्साल, भगवती बहालस्थित बबी सिंह गडतौलाको घरमा मृत भेटिएकी हुन् । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भएकी थामीको शव परिवारले घटनाको छानविन नभएसम्म नबुझ्ने बताएका कारण महाराजगञ्ज स्थित शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।

गडतौलका परिवारले दिएको छुट्छुट्टै बयानबाट घटना थप संकास्पद बनेको छ । गड्तौलले प्रहरीलाई झुण्डिएको अवस्थामा भेटिएको भन्दै अस्पताल पुर्याएको जानकारी दिएका थिए भने अस्पतालको रिर्पोटमा वालिकालाई शौचालयमा अचेत अबस्थामा भेटिएको वयान छ । पोस्टमार्टम गर्दा उनको मृत्युको कारण खुल्न नसकेको रिपोर्ट अस्पतालले दिएको थियो ।

गडतौला परिवारले वालिकाले आत्महत्या गरेको दावी गरेपनि पिडित पक्षले वालिकालाई मारिएको भन्दै जाहेरी दिएका छन् । गड्तौला सानिमा बैंकको तेस्रो बरियता अर्थात निक्षेप प्रमुखको जिम्मेवारीमा हुन् ।

घट्नाबारे अहिले महानगरिय प्रहरी परिसर टेकुले अनुसन्धान गरिरहेको छ । परिसरका प्रहरी नायव उपरिक्षक (डिएसपी) मोहन कुमार थापाले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाले आत्माहत्या गरेको जस्तो नदेखिएको र थप अनुसन्धान भैरहेको बताए ।

बालिकाकी आफन्त चन्द्र बहादुर थामीले पीडकको वयान र घट्नाको प्रकृति हेर्दा वालिकाले आत्माहत्या गरेको हुनै नसक्ने बताए । घट्नास्थलमा चाईनिज कम्बल बाहेक अन्य कुनै साधन फेला परेको छैन । वालिकाको मृत्युपछि गड्तौला परिवारले शवलाई प्रहरीलाई जानकारी नदिई हिमाल अस्पताल पुर्याएको थियो ।

वालिकाको परिवार तथा आफन्तजनको जाहेरीपछि प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको हो । वालिका रिता सिन्धुपाल्चोककै स्थानीय भुजेल थरकी एक महिला मार्फत गड्तौला परिवारको सम्पर्कमा पुगेकी थिईन् । आफन्तजनका अनुसार उनलाई लालनपालन सहित शिक्षादिक्षा दिने प्रलोभन समेत देखाईएको थियो । तर उनलाई कामदारको रुपमा मात्रै प्रयोग गरिएको आफन्तको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *