अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने

काठमाडौं, चैत ८ । अमेरिका र दक्षिण कोरियाले आगामी अप्रिलमा संयुक्त सैन्य अभ्यास थाल्ने भएका छन् ।

उत्तर कोरिया, अमेरिका र दक्षिण कोरियाबीचको सम्बन्धमा केही हदसम्म सुधार आउन सक्ने आंकलन भइरहेकै बेला अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यासको तयारी गरेका हुन् ।

सैन्य अभ्यासमा तीन लाख भन्दा बढी सैनिकले भाग लिने छन् । यद्यपि, दुबै देशले भने उत्तर कोरियाबिरुद्ध कुनै कारबाहीका लागि यो अभ्यास हुन नलागेको प्रष्ट पारेका छन् । गत मार्चमा सुरु गर्ने भनिएको अभ्यास शीतकालीन ओलम्पिकको आयोजना र उत्तर कोरियाको नरम नीतिका कारण पर सारिएको हो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनले गरेको निमन्त्रणा स्वीकारेका छन् । अमेरिकासँगको सम्बन्ध सुधार्नका लागि उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिसँग भेट गर्ने निर्णय गरेका अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *