जिपको ठक्करबाट पैदलयात्री सोनियाको मृत्यु

दाङ, चैत ७ । दाङको विजौरीमा जिपको ठक्करबाट १६ वर्षीया सोनिया नेपालीको मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीमा सो घटना घटेको हो ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नंको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

ठक्करबाट घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *