कोरियन भाषा परीक्षाको आवेदन भोलिबाट, उत्पादन क्षेत्रमा चार हजार ८ सय कोटा निर्धारण

“काठमाडौँ, चैत ७ । कोरियाको वैदेशिक रोजगार विभाग इपीएस शाखाले इपीएस भाषा परिक्षाको लागि भोलि (विहिबार) बाट आवेदन खुल्ला गर्ने भएको छ । ईपीएस कोरिया शाखाले परीक्षाको आवेदन लिने सबै तयारी सकाएको जनाएको छ ।

वैदेशिक रोजगारीका लागि कोरिया जान चाहने १८ वर्ष पुरा भएका र ३९ वर्ष ननाघेकाले फागुन ८ देखि १७ गतेसम्म आवेदन भर्न सक्नेछन् । अर्थात् २०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएकाहरुले सो परिक्षामा सामेल हुन पाउनेछन् ।

ईपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन गर्दा लाइन बस्ने झन्झट गतवर्षबाटै हटाइएको थियो । तर, बैंकमा शुल्क तिर्न भने लाइन बस्नुपर्ने बाध्यता कायमै छ ।

भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ । आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले मात्रै त्यहाँबाट परीक्षा दिन पाउनेछन् । अन्य सबैले काठमाडौंमा परीक्षा दिनुपर्नेछ ।

आवेदन भर्दा २४ डलर शूल्क तोकिएको छ । यो शुलक ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट जम्मा गराउनुपर्नेछ । यसपटक कुल ७ हजार एकसय जना उत्तीर्ण गर्ने योजना छ ।

त्यसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *