पर्यटन विकासका लागि रोल्पामा वृहत् साहित्य सम्मेलन गरिँदै

रोल्पा, चैत ७ । रोल्पामा नगरपालिकाको सहयोग र जिल्लाका विभिन्न साहित्यिक संघ संस्थाको सक्रियतामा वृहत साहित्यिक सम्मेलन हुने भएको छ । सो सम्मेलन २०७५ जेठ १५, १६, र १७ गते हुने भएको हो ।

‘रोल्पामा पर्यटन विकासका लागि साहित्य’ नाराका साथ लिवाङमा वृहत् साहित्य सम्मेलन हुने लागेको मूलसमारोह समितिका संयोजक डिबी टुहुरोले जानकारी दिए ।

समितिको उपाध्यक्षमा कविता उपाध्याय, सदस्यमा दामु मर्सिफूल, लोककुमार श्रेष्ठ, नवीन लोचन मगर, देवी गुरुङ, गोकर्ण पुन, ओम पक्षी, खेमराज गाउँले र महेन्द्र महक तथा सदस्य सचिवमा दीप दर्पण रहने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *