नयाँ बन्ने आइजीपीबारे केदार खड्का यस्तो लेख्छन् :

आईजीपी कसलाई बनाउने भन्ने बारेमा अहिले चर्चा चलिरहेको छ ।  आईजीपी बन्ने दौडमा डिआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की र मनोज न्यौपाने अग्र श्रेणीमा रहेका छन् । यीनीहरुमध्ये कसलाई आईजीपी बनाउने भन्ने विषयमा सत्तारुढ दलहरु एमाले र माओवादीको आ–आफ्नै स्वार्थ देखिएको छ । २९ चैत्रबाटै मुलुकले नयाँ आईजीपी पाउँदैछ । त्यसै क्रममा भ्रष्टाचार विरोधि अभियान्ता केदार खड्काले सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गरेका छन् ।

को बन्ला महानिरिक्षक ? नेपाल प्रहरीका ‘सर्बेन्द्र खनाल’, ‘पुश्कर कार्की’ र ‘रमेश खरेल’ प्रतिभावान अधिकृत हुन् । २०४६ सालमा प्रहरी नीरिक्षकबाट सँगै सेवा प्रवेश गरेका यी ३ अधिकृतहरु सेवाकालिन अबधिमा उल्लेख्य काम गरेर ‘सुन्दर छवि’ बनाउन एकआपसमा ‘प्रतिष्पर्धा’ गर्दै आए । यही चैत २९ गते यीनैमध्ये एकजना ‘प्रहरी महानिरिक्षक’ बन्ने पक्का छ । गृहमन्त्री बादललाई यी मध्ये प्रहरी महानिरिक्षक छनोट गर्न त्यत्ति सजिलो नहोला । त्यसैले यसपटक ३६० डिग्रीमा मूल्यांकन गरी Seniority मा जो पर्छन् उनैलाई बढुवा गर्दा न्यायोचित हुन्छ कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *