तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने माओबादी अध्यक्ष प्रचण्डको भनाई

मकवानपुर, चैत ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट नसर्ने बताउनुभएको छ । प्रेस सेन्टर मकवानपुरले विहीबार बिहान हेटौंडामा गरेको पत्रकार समेलनमा बोल्दै उहाँले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र सार्ने कुरा नरहेको बताउनुभयो ।

प्रदेशको राजधानी सर्छ भनेर प्रचारबाजी गर्नु गलत कुरा रहेको बताउँदे अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यसको औपचारीक निणय भने तीन नंम्बर प्रदेश सभाले गर्नेछ । प्रदेशको राजधानी हेटौंडा नै उपयुक्त रहेको छ ।’ नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको कुरा सहज ढंगले अगाडि बढेको उहाँले बताउनुभयो ।

अहिले सरकारका काममा जनताले परिणाम खोजेको बताउँदे अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘जनताले काम एक्सनमा हेर्न चाहेका छन् । अहिले जनताको विश्वासबाट नै हामीहरु यहाँसम्म आइपुगेकाले जन विश्वासका आधारमा पनि काम गरेर देखाउने बेला आएको छ ।

प्रदेश सरकारलाई गतिशिल बनाउनतर्फ लागिने बताउँदै उहाँले ऐन कानुनको अभावमा काम गर्नका लागि समस्या भएकोले सहज वातावरण तयार पारिदिने प्रतिबद्धता जनाउनुभयो । अहिलेको सरकारलाई मधेशवादी दलहरुलेसमेत विस्वासको मत दिएकाले काम गर्नका लागि थप सजिलो भएको उहाँको भनाई छ । अहिले सरकार गठन भएलगतै काम पनि सुरु भएको बताउँदे उहाँले भन्नुभयो, ‘राष्ट्रिय स्तरका मुद्धामा प्रतिपक्षमा बसेको दल नेपाली कांग्रेसले पनि सहयोग गर्ने बताउनुभयो ।

सरकार गठन गरेर काम सुरु गरिरहेको अवस्थामा अबको चुनौती भनेको शुशासन, विकाश र समृद्धी नै रहेको उहाँले बताउनुभयो । कार्यक्रममा तीन नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, राष्ट्रिय सभाका सांसद रामनारायण बिडारी, प्रदेशका सांसद प्रेमबहादुर पुलामीलगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *