विप्लवका दुई कार्यकर्ता धरानबाट प्रक्राउ

धरान, चैत ७ । अराजक गतिविधि गरेको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु पक्राउ पर्न थालेका छन् । विप्लवका दुई जना कार्यकर्तालाई बुधबार धरानबाट पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धरानका क्षितीज राई तथा सुवास राई रहेका छन् । उनीहरु नेकपाको धरान नगरस्तरका कार्यकर्ता हुन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई घरैबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले ‘माथिको आदेश’ अनुसार उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । विप्लव नेतृत्वको नेकपाले स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजीनामा दिन उर्दी जारी गरेपछि प्रहरीले नेकपाका कार्यकर्ताहरुमाथि निगरानी बढाएको छ । धरान उपमहानगरस्थित वडा नं ५ र १७ का वडाअध्यक्षलाई राजीनामा दिन पत्र पठाइएको डिएसपी पौडेलले बताए ।

पक्राउ परेका दुबै जनालाई सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएकोछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *