प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका प्रदेश प्रमुखसँग छलफल गर्दै

काठमाडौं, चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका प्रदेश प्रमुखसँग बुधबार छलफल गर्दै हुनुहुन्छ । प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासको अवस्थालगायतका विषयमा प्रदेशप्रमुखसँग जानकारी लिने प्रधानमन्त्री ओलीको योजना रहेको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रदेश सरकार बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बोलाउनुभएको हो । प्रदेशसभा र प्रदेश सरकार सञ्चालनमा कर्मचारी अभावसमेत अर्को समस्या देखिएको छ । खटाएका कर्मचारी नजाने समस्याको बारेमा पनि योे बैठकमा सरोकारवाला मन्त्रालयका पदाधिकारीसहित छलफल गर्ने सरकारको तयारी छ । प्रदेश सरकारले बनाउनुपर्ने कानुनको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला आजको बैठक डाकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *