गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस अाज मनाईंदै

काठमाडौं, चैत ७ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज मनाईदै छ ।

नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाउनु भएका कोइरालाकै अग्रसरतामा सशस्त्र हिंसा रहेको माओवादी पार्टीलाई शान्ति र प्रजातन्त्रको मूलबाटोमा ल्याइएको थियो ।

शुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिएका कोइराला जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टसँग सहकार्य गर्दै पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाको सूत्रधार बन्नुभएको थियो ।

आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गरायो ।

कोइरालाको निधनको आठ वर्षपछि मुलुक नयाँ संविधानमार्फत भएको निर्वाचनबाठ संघीय गणतन्त्र कार्यान्वयनको अवस्थामा प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *