को बन्दै छन् प्रहरीमा नयाँ आईजीपी ?

काठमाडौं, चैत ७ । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी)का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु प्रतिस्पर्धामा रहेका छन् ।

आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कार कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन् । वरीयतामा अहिले खनाल अगाडि छन् । खनालपछि खरेल र कार्की छन् । यी तीने जना २९ माघ ४६ मा प्रहरी निरीक्षक बनेका थिए ।

खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेस गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन् । १ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए ।

खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन् । डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्वरमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *