दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

काठमाडौं, चैत ७ । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको हो । सो घटनालाई आर्थिक लेनदेनमा मिलाएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी नायव उपरीक्षक (डिएसपी) तिलक भारती र प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीसमेत कारबाहीमा परेका थिए ।

गत ७ माघमा काठमाडौंको होटल ल्यान्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामुहिक बलात्कार गरेपछि युवतीले उजुरी दिन दरबारमर्ग वृत्त पुगेकी थिइन् ।

तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो ।  सो घटनालाई ढाकछोप गरेको भन्दै प्रहरी निरीक्षक ठकुरी निलम्बनमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *