नेपालमा कहिले आउला ‘बिकिनी एयरलाइन्स’ ?

एजेन्सी। विमानमा बिकिनी लगाएका एयरहोस्टेसले सेवा दिने एयरलाइन्सले दक्षिण एसियामा सेवा विस्तार सुरु गरेको छ । यो एयरलाइन्समा सबै एयरहोस्टेसले बिकिनी लगाएर यात्रुलाई सेवा दिन्छन् ।

भियतनामको भर्टजेट एयरलाइन्स आफ्नो नाम भन्दा बढी ‘बिकिनी एयरलाइन्स’को नामले चिनिन्छ । यो एयरलाइन्सले भारतमा सेवा सुरु गरिसकेको छ र छिट्टै दक्षिण एसियाका अन्य देशमा पनि सेवा विस्तार गर्ने तयारीमा छ । यो एयरलाइन्सको उडान दिल्लीदेखि भियतनामको चि मिन्ह सहरसम्म हुने कम्पनीले बताएको छ । यस क्षेत्रका अन्य देशमा सेवा विस्तारको लागि अध्ययन भइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *