‘मेडिकल काउन्सिलले विद्यार्थीको भविष्यमाथि खेलवाड गर्यो’

काठमाडौं, ६ चैत । ओसिस मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालकले मेडिकल काउन्सिल गैर जिम्मेवार बनेको आरोप लगाएका छन् । भरतपुर चितवनमा रहेको ओसिस मेडिकल कलेजका सञ्चालक तथा अध्यक्ष मनोज चौधरीले कलेजले सम्पूर्ण मापदण्ड पूरा गर्दा समेत काउन्सिलले विद्यार्थीलाई लाईसेन्सको परीक्षा दिनबाट बञ्चित गरेको आरोप लगाए ।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरीले भने– ‘यो कस्तो विडम्बना हो, परीक्षा दिन पाउने, नतिजा प्रकाशित गर्ने तर लाईसेन्सको परीक्षा दिनबाट बञ्चित गराउने जस्तो काउन्सिलको गैर जिम्मेवारी कामका बारेमा हामीले बुझ्न सकेका छैनौं ।’

शैक्षिक सत्र २०६९/०७० देखि बीएस्सी नर्सिङ शूरु गर्ने अनुमति लिएको बताउँदै अध्यक्ष चौधरीले भने,‘पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ, पूर्वाञ्चल विश्वविद्यालयले नेपाल नर्सिङ परिषदको मापदण्ड पुरा गरेर विद्यार्थीहरुको भर्ना, रजिष्ट्रेशन दर्ता, परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्दै आईरहेको छ।’

उनले अघि थपे,‘हाम्रो कलेज चिवनको सबै भन्दा राम्रो र गुणस्तरपूर्ण कलेज हो, भौतिक पूर्वाधारको हिसाबले, विद्यार्थीहरुको संख्या, गुणस्तरका हिसाबाले अरुको कलेजको भन्दा राम्रो छ, बीएस्सी नर्सिङमा हाम्रो कलेज प्रथम भएको हो, के हाम्रो कलेजले मान्यता पुरा नगरेर यतिका वर्ष गैर कानूनी रुपमा काम गर्दै आयो ?

उनले भने,‘विद्यार्थीहरुको भविष्यलाई लिएर कसैले खेलवाड गर्न पाईदैन, हामीले विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्नको लागि प्रयास गरिरहेका छौँ, विद्यार्थीहरुले चिन्ता गर्नु भएको छ, त्यो स्वभाविक पनि हो, हामीले काउन्सिलसँग कुरा गरिरहेका छौं, अर्कोपटक लाईसेन्सको परिक्षा दिन पाउने गरि हामीले प्रयास गछौं।’

बिदेशबाट पढेर आएकाहरुलाई लाईसेन्समा सामेल गराएको तर नेपालमा पढेर लाईसेन्सको परिक्षा दिन नदि एको भन्दै काउन्सिलले पक्षपात प्रवृति देखाएको भन्दै अध्यक्ष चौधरीले तत्काल आफ्नो कलेज माथि अगुमगन गर्नको लागि अनुरोध गरेका छन् ।

उनले भने,‘हाम्रो कलेजले मान्यता पूरा गरेको छ, काउन्सिलले आज आएर विभिन्न बाहनामा विद्यार्थीको भविष्यमाथि खेल्ने काम गरेको छ यो कदापी राम्रो भएन, अदालत समेतले विद्यार्थी र कलेजको पक्षमा अन्तरिम आदेश दिदै परिक्षा दिने अधिकारलाई नरोक्नु भनेर भनेको स्थितिमा पनि काउन्सिलले यस्तो गर्न मिल्छ र ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *