कल्टु पोखरीमा डुबेर बेपत्ता भएका मियाँ मृत फेला

राजविराज, चैत ६ । सप्तरीमा सोमबार बेपत्ता भएका अन्दाजी ४५/५० वर्षीय शाहआलम मियाँ आज बिहान मृत फेला परेका छन् । उनी सप्तरीको सदरमुकाम राजविरास्थित कल्टु पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

पोखरीमा बिहान तैरिएको अवस्थामा स्थानीयवासीले मियाँलाई देखेर प्रहरीलाई खबर गरेपछि पानीबाट शव निकालिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

सोमबार अपराह्न राजविराज नगरपालिका–४ निवासी आलम पोखरीमा नुहाउने क्रममा बेपत्ता भएकोमा दिनभरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयवासीले खोजी गर्दा पनि फेला पर्न सकेका थिएनन् ।

मियाँ अत्याधिक मदिरा सेवन गरी नुहाउन गएको अवस्थामा डुबेको प्रहरीको अनुमान छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *