तरकारीवाली अभिनित चलचित्र ‘लम्फू’ को नयाँ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौं, चैत ६ । तरकारीवाली भनेर चिनीने कुशम श्रेष्ठद्वारा अभिनित चलचित्र ‘लम्फू’ को अर्को नयाँ गीत ‘दोधारमा परेँ म’ सार्वजनिक भएको छ ।

नरेश भटराईको शब्दमा शुसज्जित उक्त गीतमा दुर्गा खरेलको स्वर र अजुृन पोखरेलको संगीत रहेको छ भने नायिका मरिश्का पोखरेल र नवनायक कबिर खड्काले अभिनय गरेका छन् । चलचित्र ‘लम्फू’ २०७५ बैशाख २८ मा देशभर प्रदर्शनमा आउने भएको छ ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा तरकारीवाली (कुसुम श्रेष्ठ), कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । लम्फूलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।
फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् । फिल्मले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ ।

https://youtu.be/_CU4vMF4GCY”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *