प्रहरीद्वारा विद्यार्थीलाई लागुऔषध सम्बन्धी जनचेतना

दाङ, चैत ६ । इलाका प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र तुलसीपुरले एक महिनायता शुरु गरेको सीधा कारवाही अभियानमा विभिन्न विद्यालय र कलेजका विद्यार्थीलाई लागुऔषध दुव्यर्सन, अपराध र साइबर क्राइमका बारेमा सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले अपराध गर्नेलाई कारवाही मात्रै गर्नेभन्दा पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर अपराध न्यूनीकरणतर्फ अग्रसर गराउनका लागि दर्जनभन्दा बढी विद्यालय र कलेजसँग समन्वय गरेर अभियान सञ्चालन गरिएको जानकारी दिए । उनले अपराधबाट कसरी जोगिने, अपराध भएको ठाउँमा के गर्ने, इन्टरनेटको प्रयोग कसरी गर्ने र लागुऔषध सेवनले परिवारमा के प्रभाव पार्छ भन्नेबारेमा जानकारी दिए ।

पब्लिक ज्ञानज्योति माविमा गरिएको कार्यक्रममा प्राचार्य सुरेन्द्र जिसीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर प्रहरीले विद्यार्थीलाई सजग गराएकामा खुशी व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *