हजारौँ सपना (कविता)

 

 

 

 

 

 

 

 

यो अन्धकार र
एकान्त रातमा
म एक्लै भएर पनि एक्लै छैन

मन्द गुनगुनाएर
हल्का चुम्बन गर्न तयार मच्छेडहरु छन्
झ्याल वाहिर
झ्याउ झ्याउ वास्ने झ्याउकिरिहरु छन्
जुन झै पिल पिल गर्ने जुनकिरिहरु छन्
खोला सुसाईरहेको छ
पानी वर्षिरहेको छ
भयानक आवाजमा
चट्याङ चटकिरहेको छ
आँखै तिरमिर पारेर
विजुलि चम्किरहेको छ
म कहाँ एक्लै छु र ?

तकिया भन्दा अग्ला
तिम्रा यादका सिरानिहरु छन
आमाले पटुकिमा
दश रुपैयाँको नोट भित्र
वेरेर राखेको सयको नोट जस्तै
तिम्रो लागि हृदय भरि वेरिएका
मायाका सयौं पत्रहरु छन
म कहाँ एक्लै छु र ?

झ्याल ढकढकाउने हुरि पनि त छ
ढोका हल्लाउने बतास पनि त छ
निदाउन वितिकै
तछाँड मछाँड गर्दै आउने
हजारौ सपनाहरु छन् ।

भुपेन्द्र शाही
नौमूले,दैलेख

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *