कूटनीतिक मर्यादा पालना नगरेको भन्दै मन्त्रीहरुको तीव्र आलोचना

काठमाडौं, चैत ६ । सरकारका नवनियुक्त कतिपय मन्त्रीले विदेशी प्रतिनिधिहरूसँगको भेटमा कूटनीतिक मर्यादा पालना नगरेको भन्दै तीव्र आलोचना भएको छ।

सोमवार भारतीय राजदूतले गृहमन्त्रीसहित चार मन्त्रीलाई उनीहरूको कार्यकक्षमा गएर भेटेका थिए। एकजना मन्त्रीले भने त्यसलाई अचानक भएको भेट भन्दै आफ्नो बचाउ गरेका छन्।

बिबिसीका अनुसार कूटनीतिक आचार संहिता २०६८ मा, मन्त्रीसहितका उच्चसरकारी अधिकारीले कुनै पनि विदेशी सरकारका प्रतिनिधिहरूसँग भेट गर्नु पूर्व परराष्ट्र मन्त्रालय र विषयसँग सम्बन्धित मन्त्रालयका अधिकारीलाई आमन्त्रण गर्नुपर्ने व्यवस्था छ।

उसो त यस अघि पनि नेपालका पूर्व प्रधानमन्त्रीहरुले विदेशी पाहुना बसेकै होटलमा गएर भेटेको बिषयको पनि तिव्र आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *