बढी देखिने वंशाणुगत रोग र त्यसको समाधान यस्ता छन्

काठमाडौं, चैत ६ । लावेलामा अनौठो प्रकृतिका बच्चा जन्मिएको कुरा बाहिर आउने गर्छ । त्यसपछि अभिभावकलाई चिन्ता हुन्छ कि ‘आगामी पुस्ता पनि यस्तै हुने त होइन ?’ विशेष गरी वंशाणुगत कारणले यस्तो समस्या देखिने गर्छ । सुस्त मनस्थिति, जन्मजात अपांग वा अशक्त, महिलामा बाँझोपना, मृत शिशु जन्मनेजस्ता रोग पनि वंशाणुगत हुन्छन् । यी हुन् सबैभन्दा बढी देखिने वंशाणुगत रोग र त्यसको समाधान :

डा. ललितकुमार मिश्र, होमियोप्याथिक कन्सलटेन्ट

के हो वंशाणुगत रोग ?
मानव शरीर अर्बौं सेलहरूको संगठन हो । पुरुषको एक्स र महिलाको वाई मिलेर २३ जोडी क्रोमोजोम बन्छन् । यही क्रोमोजोमका कारण आमा–बाबुका गुण–अवगुण पुस्तान्तरण हुन्छ । यस्तै जिनबाट सर्ने रोगलाई नै वंशाणुगत अर्थात् हेरिडिटी रोग भनिन्छ । त्यसैले पनि आमा–बाबु दुवैमा भएको रोग सन्तानमा सर्ने प्रबल सम्भावना हुन्छ । वंशाणुगत रोग यस्ता हुन्छन्, जुन पुर्खाबाट पुस्तान्तरण हुँदै आएको छ । यस्ता रोग प्रायः स्थायी प्रकृतिका हुन्छन् ।

यस्ता प्रकृतिका रोगको उपचार विधि थुप्रै छन् । होमियोप्याथिक चिकित्सा प्रणालीमा भने दम्पतीलाई नै औषधि सेवन गराई उपचार गरिन्छ । ताकि, भावी सन्ततीमा त्यस्तो रोग नफैलियोस् ।


उपचार
मोटो र निर्बल जन्मिएमा
कतिपय आमा–बुबाबाट मोटो, थुलथुले शरीर र निर्बल बच्चा जन्मने गर्छ । त्यसैले आगामी सन्तानमा यस्तो समस्या नआओस् भन्नका लागि गर्भवती महिलालाई कल्केरिया कार्ब २००–वान एम शक्ति ओषधिको प्रयोग गर्नुपर्छ । यस्तो औषधि गर्भ रहेको पाँचौँ महिनाबाट सुरु गर्नुपर्छ । त्यसपछि जन्मने बच्चा सामान्य हुन सक्छ । शिशु कमजोर जन्मनुमा आमाको दुब्लो शरीर, हड्डीको कमजोरी र अन्य अस्वस्थकर गतिविधि पनि जिम्मेवार हुन सक्छन् ।

मृत शिशु जन्मिएमा
वंशाणुगत रोगकै कारण मृत शिशु जन्मने र जन्मेपछि मृत्यु हुने पनि हुन्छ । यस्तो बच्चा जन्मिएमा भावी सन्तानको सुरक्षाका लागि सिमिसिफ्युगा–क्यू (मदर टिन्चर) औषधि प्रतिदिन पाँच थोपाको अनुपातमा सेवन गर्नुपर्छ । यो औषधि चार महिनासम्म सबेरै खानुपर्ने हुन्छ । त्यस्तै, कल्केरियन फाँस १२ एक्स शक्तिको औषधि पनि प्रयोग गर्नुपर्छ । यस्तो औषधि सेवनपछि जन्मिएको बच्चा जीवित हुनुका साथै दीर्घजीवी हुने सम्भावना पनि अत्यधिक हुन्छ ।

आठ महिनामै जन्मिएमा
कतिपय गर्भवती महिलाबाट समय नपुगी बच्चा जन्मिने समस्या हुन्छ । यसरी उमेर नपुगी जन्मेका प्रायः सन्तानमा कमजोरी हुन्छ । यस्तो समस्या भएमा गर्भवती महिलाले कोलोफाइलम–३० शक्तिको औषधि सेवन गर्नुपर्छ । यस्तो औषधि कम्तीमा सात महिनासम्म बिहानको समय सेवन गर्नुपर्ने हुन्छ । तर, प्रसव हुनुभन्दा करिब २५ दिनअगाडिबाटै यस्तो औषधि सेवन गर्नुपर्छ ।

ओठ काटिएको बच्चा जन्मिएमा
केही महिलाबाट ओठ काटिएको बच्चाको जन्म हुन्छ । यस्ता महिला पुनः गर्भवती भएको अवस्थामा उसलाई आठ महिनासम्म कल्केरिया सल्फ सिक्स एक्स औषधि बिहान–बेलुकी दिनुपर्ने हुन्छ । त्यसपछि जन्मने सन्तान सामान्य हुन सक्छ ।

वंशमा टिबी भएमा
यदि परिवारका कुनै सदस्यमा टिबी अर्थात् क्षयरोग भएको छ भने बच्चामा पनि त्यो दोहोरिने प्रबल सम्भावना हुन्छ । यस्तो मेडिकल हिस्ट्री भएका वंशको गर्भवती महिलाले चिकित्सकको सल्लाहअनुसार ट्युबरकुलिनम १ एमर शक्तिको औषधि सेवन गर्नुपर्छ । यस्तो औषधिको सेवनपछि जन्मने बच्चामा टिबी हुने सम्भावना अत्यन्तै कम हुन्छ । तर, यी सबै प्रकारका औषधि चिकित्सकको सल्लाहपछि मात्र
प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *