आज मंगलबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, चैत ६ ।  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनिति तथा समाजसेवा फाप्ने हुँनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जानाले  भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरु बिच घनिष्टता बढेर जानेछ । दिगो फाईदा हुँने व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग — रातो

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) बिदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुँने योग रहेकोछ । पढाई लेखाईमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रत तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तब्य पहिल्याउँन सहज हुँनेछ । समयमा काम बन्ने हुँनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

शुभ अंक — ३

शुभ रंग —  सेतो

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानि बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानि गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानि हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

शुभ अंक —४

शुभ रंग — निलो

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको सवालमा बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नया व्यावसायमा लगानि गरि आर्थिक रुपमा सुदृड हुन सकिनेछ । नया काम पाउने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको समयोगमा राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानि हुनेछ ।

शुभ अंक — ५

शुभ रंग — खरानि

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्ययम रहेकोले कुनै पनि काम गर्दा राम्रो सँग सोचेर मात्र अगाढि बढ्नुहोला । व्यावसायमा तत्काल लगानि गरिहाल्ने समय नरहेकोले केहि समय कुर्नुनै उचित हुँनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्ने योग रहेकोछ । धर्म सस्कृतिमा चासो बढ्नेछ भने धार्मिक स्थलहरुको यात्रा हुँनेछ । पढाई लेखाईमा समय अलि बढिनै समय दिनुहोला अरुभन्दा पछि परिने सम्भावना रहेकोछ ।

शुभ अंक — २

शुभ रंग —  रातो

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) नयाँ कुराको खोज तथा अनुशन्धानमा समय बित्ने तथा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुँने समय रहेकोछ भने नसोचेको सम्पति हात लागि हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँने भएपनि काम गर्न असहज हुँने छैन । माया प्रेममा एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नभएपनि घाटा लाग्ने छैन ।

शुभ अंक — ६

शुभ रंग  — हरियो

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउँन बढिनै संघर्ष गर्नुपर्ला । यात्रा गर्दा ख्याल गर्नुहोला झन्झटिलो तथा कष्टपुर्ण हुँनसक्छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा उपचार खर्च बढ्न सक्छ । बिदा तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेहुँदा मनमा असान्तिले गतिलो डेरा जमाउँनेछ । पारिवारिक सम्बन्ध तथा पति पत्निबिचको सम्बन्धमा केहि खल्लो अनुभुति भएको महशुष हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग —  खरानि

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना समस्या तथा बिवादित बिषयहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ । रुपैया पैसा बचत गरि नयाँ व्यापार व्यावसायमा लगानि गर्न सकिनेछ । घर परिवार तथा सामाजिक निर्णयहरु तपाईकै पक्षमा हुँने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सामान्य प्रतिष्पर्धिहरु आफै साईड लाग्नेछन् । आफ्नो बिषेश मान्छेलाई लिएर यात्रामा निश्कन सकिनेछ भने प्रेममा नजिक हुँने समय रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खानपानमा बिशेष ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायमा मन्दिा आउँनेछ । भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा नचाहादा नचाहादै एक अर्काबिच छुट्टिनु पर्दा  मनमा खल्लोपन महशुष हुँनेछ । सन्तान तथा छोराछोरिसँग पनि मनमुटाव सिर्जन हुँने योग रहेकोछ ।

शुभ  अंक — ३

शुभ रंग —  पहेलो

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनिति तथा सामाजिक कामहरुमा समय खर्चिनेहरुले समयमा सर्बसाधारणको काम गर्न सम्दा पद प्रतिष्ठा प्राप्त हुँने योग रहेकोछ ।साथिहरुको सहयोगले उपलब्धिमुलक काम गर्ने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुशन्धानमा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । घर परिवार तथा आत्मिय मित्रसँगको सम्बन्ध सुदृड भएर जाने हुँनाले नयाँ योजना बनाएर लागु गर्न सकिनेछ ।

शुभ अंक —२

शुभ रंग — हरियो

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सुखि रहनेछ । आफन्त तथा शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईन ग्रहयोग रहेकोछ । दाजुभाईहरु सँगको सम्बन्धमा नया पनको बिकास हुनेछ ।

शुभ अंक — ३

शुभ रंग — निलो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिभिन्न सभा समारोहमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर आयपनि खानपिनको तालमेल नमिल्दा सामान्य स्वास्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेमका कोपिलाहरु फक्रन पाउँने छैनन् ध्यान दिनुहोला । व्यापारमा उधारो लाने तथा रुपैया पैसा नदिनेहरुले आउनेछन् । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा ध्यान दिनुहोला मनमुटाव हुँने अधिक सम्भावना रहेकोछ ।

शुभ अंक — ४

शुभ रंग — सुन्तला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *