पूर्व प्रधानन्याधीश पराजुली विरुद्ध मुद्दा ? यस्तो छ यथार्थता

काठमाडौं, चैत ५ । निवर्तमान प्रधाननयाधीश गोपाल पराजुली विरुद्ध मुद्दा दर्ता भएको कुरा यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सो समाचारप्रति महानगरीय प्रहरी प्रभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

पराजुलीविरुद्ध जाहेरी दर्ता नभएको काठमाडौं प्रहरीले जनाएको छ। सोमबार साँझ बिज्ञप्ती निकाल्दै परिसरले जाहेरी दर्ता भएको भनेर गलत हल्ला भएकोमा ध्यानकर्षण भएको उल्लेख गरेको छ।

गुल्मीका मदन भण्डारीले पराजुलीविरुद्ध परिसरमा जाहेरी दिएका हुन्। तर, जाहेरी दर्ता भइनसकेको परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए।

प्रचलित कानून विपरीत नागरिकताको विवरण सच्याएको र शैक्षिक प्रमाणपत्र लिएको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो । पत्रकार मदनबाबु भण्डारीले दिएको जाहेरी दर्खास्तमा पराजुलीको ‘शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि हदैसम्मको कारवाही गर्न’ माग गरिएको छ ।

‘नागरिकतामा एउटा मिति, सेवा प्रवेश गर्दा अर्को मिति, शैक्षिक प्रमाणपत्रहरुमा अलग अलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश गरेनन्,’ उजुरीमा भनिएको छ, ‘यस्तो व्यक्तिका शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्य तथ्य छानविन गरि निजलाई हदैसम्मको कारबाही गरि पाऊँ ।’

उजुरीमा नेपाल ल क्याम्पस, नेपाल कानून व्यवसायी परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुर, जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला प्रशासन कार्यालय काठमाडौं, न्यायपरिषद्, कर्मचारी कल्याण कोष लगायतका निकायबाट उनको आवश्यक विवरण छानविनको माग समेत गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *