अग्निपीडित लाई विभिन्न संघसंस्थाद्वारा राहत वितरण

धरान, चैत ५ । आगलागीमा घरबारविहीन भएका अग्निपीडितलाई विभिन्न संघसंस्थाहरुले राहत वितरण गरेको छ ।

आगलागीमा घरबारविहीन भएका अग्निपीडितहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रत्येक परिवारलाई राहत स्वरुप जनही नगद पाँच पाँच हजारसहित अन्य राहत सामाग्री वितरण गरेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी बरहा नगरपालिकाको कार्यालयले आइतबार बिहानै आगलागी पीडितलाई एक एक वटा ब्लानकेट, चिउरा र भुजिया वितरण गरेको छ भने सोमबार राहत स्वरुप अग्निपीडित लाई नगद ४ हजार सहित अन्य खाद्य तथा लत्ताकपडा वितरण गरिने बरहा नगरपालिकाका प्रमुख निलम खनालले बताएका छन् ।

खनालले निकै ठुलो विपत्ति आईपरेकोले सबैलाई अग्निपीडितहरुलाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् । खनालले अग्निपीडित लाई राहत वितरण प्रभावकारी बनाउन कुनै कमि नगर्न निर्देशन समेत दिए ।

त्यस्तै बराहा नगरपालिका ११ का अग्निपीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी सुनसरीले समेत राहत वितरण गरेको छ ।

रेडक्रस सुनसरीले आगोपीडित ४९ परिवारलाई त्रिपाल,भाडा बर्तन एक एक थान, बाल्टिन लत्ताकपडा,खाद्यान्न लगायत सामग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति उमेश थापाले बताए ।

गत शनिबार राती बरहा नगरपालिका ११ मधुवनस्थित स्थानीय पुरन चौधरीको घरबाट विद्युत शर्ट भई भीषण आगलागी हुँदा सरदार बस्तीका ४६ घरपरिवारका ७० बढी घर जलेर नष्ट भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *