ठूलो आवाज निकाल्ने बाइक ट्राफिकको निशानामा

काठमाडौं, चैत ५ । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी ठुलो आवाज निकाल्ने बाइकमाथि कारवाही सुरु गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने एकसय १० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए ।

महाशाखाले यस्ता मोटरसाइकललाई अझै नियन्त्रणमा लिने जनाएको छ । महाशाखाले स्वरुप परिवर्तन गरेर सवारी चलाउनेलाई पाँच हजार रुपैयाँ जरिवाना गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *