धरानस्थित सनराइज बैंकमा चोरी

काठमाडौं, चैत ५ । सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा आइतबार राति चोरी भएको छ । बैंकबाट के कति धनमाल चोरी भयो भन्ने एकिन भइसकेको छैन । सिसिटिभी र ढोका समेत तोडिएको पाइएको प्रहरीले जनाएको छ ।

बैंकको ताला फोडेर चोरी गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केदारमान डंगोलले जानकारी दिए । बैंकबाट के कति धनमाल चोरी भएको भन्ने अनुसन्धान भइरहेको निरीक्षक डंगोलले बताए ।

बैंक चोरी भएको थाहा पाएपछि कार्यरत सक्युरिटी गार्डले प्रहरीलाई खबर गरेका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *