बंगलादेशी दुताबासले बुझ्यो २३ शव

काठमाडौं, चैत ५ । युएस बंगला विमान दुर्घटनामा मृत्यु भएका बंगलादेशका नागरिकको शव काठमाडौंमा रहेको दूतावासले बुझेको छ । बंगलादेशी दूतावासले सोमबार बिहान २३ शव बुझेको हो ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि पहिचान भएका आफ्ना नागरिकका २३ शव दूतावासले बुझेको हो । ती शव कफिनमा राखेर दूतावासले नै बंगलादेश पठाउने छ ।

चालक दलका सदस्यसहित ७१ जना सवार युए बंगलाको विमान गएको सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलामा दुर्घटनामा परेको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *