मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पतिको रिसले दुई नाबालकलाई आमाले ज्युँदै जलाईन्

रामेछाप, चैत ५ । रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुमकी २५ वर्षीया तारा केसीले आफ्ना २ नाबालकलाई मट्टितेल छर्किएर आगो लगाएर हत्या गरेकी छन् ।

आइतबार राति साढे दश बजे बाँसको कत्तरले बेरेको कटेजभित्र छोराछोरी राखेर उनले आगो लगाएकी हुन् । आगोले डढेर ४ वर्षीय छोरा विपिन खत्री र २ वर्षीया छोरी रमिता खत्रीको ज्यान गएको छ । आगलागीबाट कटेज पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चोप्राङ्गबाट पुगेका सुरक्षाकर्मीले तारा खत्रीलाई नियन्त्रणमा लिएका छन् । मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि जिल्ला सदरमुकामतर्फ ल्याइदै छ ।

घटनाको प्रारम्भिक अनुसन्धानमा पति दिलबहादुर खत्रीले कान्छी श्रीमति ल्याएको र आफुसंग नबसेको आवेशमा तारादेवीले आफ्नै सन्तानलाई आगो लगाएकी हुन् । दिलबहादुरले केही वर्ष अघिनै कान्छि श्रीमति ल्याएका थिए । कान्छीबाट पनि २ सन्तान रहेको खुलेको छ ।

प्रतिकृयाहरु
Loading...