प्रतिपक्षी नेतालाई प्रतिबन्ध लगाएर पुटिन भारी मतले विजयी

काठमाडौं, चैत ५ । रुसको राष्ट्रपतिमा भ्लादिमिर पुटिन चौथोपटक निर्वाचित भएका छन् । पुटिन ७६ प्रतिशत भन्दा बढी मतसहित विजयी भएको रुसी निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिको चुनावमा ११ करोड नागरिकले मतदान गरेका थिए  । उनको चुनावी अभियान टोलीले यो जितलाई अविश्वसनीय भनेको छ ।

जित निश्चित भएसँगै सुरु भएको र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले विगतका उपलब्धिलाई नागरिकले अनुमोदन गर्दै आफूलाई मत दिएको प्रतिक्रिया दिएका छन् । उनको कार्यकाल ६ वर्षको हुनेछ । पछिल्ला वर्षमा पुटिनको लोकप्रियता र शक्ति विश्वभर नै बढेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

यस निर्वाचनमा रुसका प्रमुख प्रतिपक्षि दलका नेता एलेक्सी नाभालनिलाई निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो  ।

पुटिनले यस आघि सन् २०१२ मा ६४ प्रतिशत मत ल्याएर विजयी बह्येका थिए  । उनले २०१२ को भन्दा १२ प्रतिशत मत बढी ल्याएर विजयी भएका छन्  । पुटिनका नाजिका प्रतिष्पर्धी पाभेल ग्रुडिनिनले १२ प्रतिशत मत ल्याए  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *