मेसीको जादुमय गोलले ला लिगामा बार्सिलोना ११ अंकले अगाडी

काठमाडौं, चैत ५ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एथलेटिक बिल्बाओलाई २-० ले पराजित गर्दै ला लिगा उपाधि जितको नजिक पुगेको छ ।

बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडसँग ११ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । गएराती नै भएको खेलमा एथलेटिको म्याड्रिड भिल्ला रियलसँग २-१ गोल अन्तरले पराजित भएपछि बार्सिलोनाको सो अग्रता कायम भएको हो ।

बार्सिलोनाको जितमा पाल्को अल्कासेर र लियोनेल मेसीले गोल गरेका थिए । पहिलो हाफमा दुवै गोल भए भने खेलको दोस्रो हाफमा कुनै गोल हुन् सकेन ।

लुइस स्वरेजको ठाउमा आएका अल्कासेरले खेलको ८औ मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३०औ मिनेटमा डम्बेलेको पासमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए ।

यो जितपछि बार्सिलोनाको २९ खेलमा ७५ अंक भएको छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडको २९ खेलमा ६४ अंक रहेको छ । त्यस्तै रियल म्याड्रिडको २९ खेलमा ६० अंक रहेको छ ।

यो जितसँगै बार्सिलोना ला लिगामा ३६ खेलमा अपराजित रहेको छ जसमा ३० जित र ६ बराबरी रहेका छन् । यो हाल युरोपमा जारी लिगहरु मध्येको उत्कृष्ट प्रदर्शन हो ।

त्यस्तै लियोनेल मेसीका फ्री किकलाई छोडेर डी बक्स भन्दा बाहिरबाट उनले यस सिजनमा पहिलो गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *