‘राजनीतिक अधिकार पायाैं, अब अार्थिक क्रान्ति बाँकी छ’ मुख्यमन्त्री रार्इ

चैत्र ४, सुनसरी । सवै नेपालीको एउटै लक्ष्य भनेकै आर्थिक उन्नती र संमृद्धि भएको १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले बताएका छन् । सुनसरीकाे दुहवी नगरपालिकास्थित फरवार्ड कम्युनिटी माईक्रो फाईनान्सको पाँचौ बार्षिक साधारणसभा समारोहमा बाेल्दै मुख्य मन्त्री रार्इले राजनीतिक अधिकार प्राप्त गरिसकेपछि अब अार्थिक संबृद्धि र उन्नती बाँकी रहेकाे बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी रार्इले जनताकाे जिवन स्तर उकास्न सरकारले आर्थिक उन्नती र समृद्धिका विषयलार्इ प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । जनतालार्इ अार्थिक गतिविधीमा चलायमान बनाउन अब सरकार र निजी क्षेत्र सहकार्य गरेर जानु पर्ने मुख्य मन्त्री रार्इकाे भनार्इ थियाे । ‘देशमा रहेकाे गरिबी हटाएर जनताकाे जिवनस्तर उकास्न सरकार र निजीक्षेत्रले सहकार्य गरेर अघि बढ्न अावश्यक छ, त्यसका लागि सरकारले सहकारी, निजी क्षेत्र र सरकारी (तीन खम्बे) अार्थिक निती ल्याउनु पर्छ ।’ उनले भने ।

 

जनताले राजनीतिक अधिकार पार्इसकेकाे अवस्थामा अब अार्थिक उन्नति अावश्यक रहेकाे मन्त्री रार्इकाे दावि छ । उनले राजनीतिक दलहरुबाट परिवर्तनका लागि आवश्यक पर्ने ठूल–ठूला क्रान्ति समेत सफल भई जनचाहना अनुसारको संविधान जारी भएर तीन तहको निर्वाचन सहित सरकार निर्माण भईसकेकाले अब आर्थिक क्रान्ति मात्र बाँकी रहेको र त्यसतर्फ लाग्न सबैलार्इ अाब्हान गरे ।

मन्त्री रार्इले गाउँघरमा छरिएर रहेका पुँजीलार्इ लघुवित्त कार्यक्रम मार्फत घरघरमा पुर्याएर महिलालार्इ अार्धिक अधिकारमा पहुँच पुर्याएर फरवार्ड मार्इक्राेफार्इनान्सले महिला शशक्तिकरणमा ठूलाे भूमिका निर्वाह गरेकाे भन्दै मार्इक्राेफार्इनान्सकाे प्रशंसा गरे । ‘जसरी स–साना पुँजीलार्इ एकत्रित गरी ठूलाे पुँजी बनाएर समाजमा लगानी गरिएकाे छ, अब देश निर्माणमा समेत सहकारी, निजी क्षेत्र र सरकार एक भएर अगाडी बढ्न जरूरी छ ।’ उनले भने ।

ग्रामीण महिला उत्सुकता मञ्चले देशका विभिन्न भागबाट झण्डै तीन लाख महिलालार्इ अार्थिक अभिबृद्दिका लागि संगठित गरी उनीहरूलार्इ ब्यवसायिक क्षमता अभिबृद्दी समेत गरेकाेमा साेकाे सबैले अनुसरण गर्नुपर्नेमा जाेड दिए । उनले देश स्थानिय स्तरमा रहेका स्राेत र साधनलार्इ अधिकतम उपयाेग गरी त्यसलार्इ ब्यवसायीकरण गरे जनताकाे जिवनस्तर सुधार्न ठूलाे भूमिका खेल्ने प्रस्ट्याए ।

कार्यक्रममा फाईनान्स सञ्चालक समितिकी अध्यक्ष नेकपा एमाले महिला नेतृ भगवती चौधरीले माइक्रो फाईनान्सले देशको ३५ जिल्लाका २ लाख २३ हजार बढि महिलाहरूलार्इ अार्थिक शशक्तिकरणका लागि काम गर्दै अाएकाे जानकारी दिर्इन् । उनले फरवार्ड मार्इक्राेफार्इनान्स मार्फत घरघरमा पुँजी पुर्याएर महिलाहरूकाे परम्परागत सीप र क्षमता अभिबृद्धि गरी त्यसलार्इ ब्यवसायीकरण गर्न अाफुहरू लागि परेकाे जिकिर गरिन् ।

उनले महिलालार्इ अार्थिक क्षेत्रमा अधिकार स्थापित गरिदिए महिला माथि हुने घरेलु हिँसाका घटनामा समेत कमी अाउने दावि गरिन् । ‘जबसम्म महिलालार्इ अार्थिक अधिकार दिर्इन्न तबसम्म महिला माथि घरेलु तथा सामाजिक हिँसा भर्इरहन्छ । महिला माथि हुने जुनसुकै हिंसालार्इ न्युनिकरण गर्ने हाे भने उनीहरूलार्इ अर्थिक क्षेत्रमा अगाडी बढाउनु पर्छ ।’ उनले भनिन् ।

अध्यक्ष चाैधरीले महिलालार्इ आर्थिक दृष्टिकोणले समुन्नत बनाउने अभिप्रायबाट फार्इनान्सले ७ अर्ब ५ करोड लगानी गरिसकेको तथा ३ अर्ब बढि बचत गर्दै स्थापनाको छोटो अवधिमा १९ करोड मुनाफा आर्जन गर्न सफल भएकाे जानकारी दिर्इन् । उनले फरवार्डले राज्यलार्इ १२ करोड कर मात्रै तिर्न सफल भएकाे बतार्इन् ।

बार्षिक साधारण सभामा सांसद नीरू पाल, पूर्व सांसद शान्ति अधिकारी, फरवार्डका प्रमुख कार्यकारी अधिकृत अाशनारायण चौधरी, हिरा तब्दारलगायतले पाँचौ बार्षिक साधारणसभा सम्ममा आईपुग्दा ग्रामीण क्षेत्रका महिलाका आर्थिक परिवर्तनमा फरवार्डले पुर्‍याएको योगदानको चर्चा गरेका थिए । फाईनान्सले देशभर ६ सय २ जनालाई प्रत्यक्ष रोजगारी दिएकाे छ ।

वार्षिक साधारण सभामा संस्थाका शेयर सदस्य, सञ्चालक सदस्य तथा साधारण सदस्य, बचतकर्ताहरूकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । पाँचौ साधारण सभा बाट शेयर धनीहरुलार्इ ५० प्रतिशत वोनस शेयर र १५ प्रतिशत नगद लाभांश आ.व. २०७३/२०७४ सम्मको संचित रकमबाट प्रदान गर्ने सर्वसम्मतले निर्णय गरेकाे छ ।

साधारण सभाले आगामी ४ वर्षका लागि संस्थाकी परिकल्पनाकार संस्थापक अध्यक्ष भगवती चाैधरीकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेकाे छ । नयाँ गठित समितिकाे सदस्यहरूमा  सविता दाहाल पौडेल, केशव राज पौडेल, आशुतोष सापकोटा, जगत सिंह जी. सी., वलराम चौधरी,  नेपाल राष्ट्र बैंकबाट १ सदस्य सवर्सम्मतले चयन गरेकाे छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *