एन आइ सी एशिया बैंकको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु

चैत्र ४, काठमाडाैं । एन आइ सी एशिया बैंक लिमिटेडले Max Money Sdn. Bhd सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको    छ ।

बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट गत फागुन २७ गते स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

उक्त सम्झौता अनुसार Max Money Sdn. Bhd को मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी  पाउने छन् । एन आइ सी एशिया रेमिट मार्फत पठाएको विप्रेषण रकम बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४,६०० भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने बतार्इएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *