म विश्वकै उत्कृष्ट खेलाडी : रोनाल्डो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका सुपरस्टार रोनाल्डोले आफु विश्वकै उत्कृष्ट खेलाडी भएकोमा सधै विश्वस्त रहेको बताएका छन् । सँगै उनले कसैसँग आफ्नो तुलना नहुन नसक्ने पनि उल्लेख गरेका छन् । पाँच पटकका बलोन डी’ओर विजेता समेत रहेका ३३ वर्षे स्ट्राइकरलाई लामो समयदेखि विश्वका उत्कृष्ट खेलाडी मध्येका एक मानिन्छ ।

पोर्चुगलका कप्तान समेत रहेका उनको क्लब र राष्ट्रिय टोलीबाट पनि थ्रुपै कीर्तिमान छन् । युवा अवस्थाबाटै आफ्नो क्षमताका बारेमा जानकार भएको उल्लेख गर्दै रोनाल्डोले आफुमा जस्तो समपर्ण र क्षमता धेरै खेलाडीमा नहुने बताएका छन् ।

‘सुरुआतबाटै म विश्वको उत्कृष्ट खेलाडी बन्ने सपना देख्थे, मेरो साथीहरु मेरो कुरा सुनेर छक्का पर्थे,’ रोनाल्डोले भने, ‘म आनन्दको लागि खेल्छु । म्यानेचस्टर युनाइटेडमा खेल्दा मैले आफ्नो क्षमताको बारेमा बुझेको हुँ ।’

आफ्नो जस्तो क्षमता र समपर्ण कमै खेलाडिमा देखेको उनले बताए । ‘क्रिस्टियानो रोनाल्डोसँग कसैको तुलाना हुन्न,’ उनले भने, ‘म आफ्नो र अरु उनीहरुकै ढंगमा चलेका छन् ।’ रोनाल्डो आफ्नो युगका उत्कृष्ट खेलाडी मध्येका एक हुन् । उनले अझै केही वर्ष पोर्चुगलका लागि खेल्ने विश्वास गरिएको छ । रोनाल्डो सम्मिलित रियलले आइतबार जिरोनाको सामना गर्नेछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *