विद्यार्थीहरुको ग्याङ फाईटमा एक घाईते

काठमाडौं, चैत ४ । काठमाडौंको बालाजुमा विद्यार्थीहरुबीच ग्याङ फाइट भएको छ । उनीहरुले आफ्नो साथीलाई कुटपिट गरेको भन्दै एञ्जल हर्ट विद्यालयको कक्षा ९ मा पढ्ने केही विद्यार्थीलाई कुटपिट गरेका हुन् । घटनामा संलग्न भएको आरोपमा तीन जनालाई बालाजु प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशाल न्यौपाने, असिम लामा र २१ वर्षीय सुनिल छन्त्याल छन् ।पक्राउ परेकालाई सार्वजनिक मुद्धा लगाउने प्रहरीले जनाएको छ ।

घाइते एक जना विद्यार्थीको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *