माइक्रोम्याक्सले ल्यायो एक्स ४०९ बारफोन र क्यु ३५३ बजेट स्मार्टफोन

काठमाडौं, चैत ४ । माइक्रोम्याक्सले एक्स ४०९ बारफोन र क्यू ३५३ बजेट स्मार्टफोन बजारमा सार्वजनिक गरेको छ ।
माइक्रोम्याक्सको यो एक्स ४०९ मोडलमा १.८ इन्चको स्कृन जडान गरिएको छ भने, फ्रन्ट र रियर क्यामेरा जडान भएको छ । यो फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ । उक्त फोनमा ८०० एमएचको ब्याट्री प्रयोग गरिएको छ । यसको अलावा एफएम रेडियो, भ्वाइसकल रेकडिङ, म्युजिक प्लेयर र भिडियो प्लेयर जडान भएको छ । यस फोनको बजार मूल्य १०२५ रुपैयाँ रहेको छ । कम्पनीले यो फोनमा १०० दिनसम्म फिर्तागर्न सक्ने ‘रिप्लेसमेन्ट वारेन्टि’ समेत जारी गरेको छ ।

कम्पनीले बजारमा ल्याएको बजेट स्मार्ट फोन क्यु ३५३ फोनमा 1.3 GHz Quad-Core / 1 GB RAM (र्याम)  रहेको छ । ५ इन्चको एचडी डिस्प्ले जडान भएको यस फोनमा ७२०x१२८० पिक्सल रिजोलुसन रहेको छ । यस फोनमा २००० एमएचको ब्याट्री प्रयोग भएको छ । जसको प्रयोगले भिडियो हेर्न र गेम खेल्न सहज हुन्छ । यसमा रियर र फ्रन्ट दुबै क्यामेरा ५ मेगा पिक्सलको जडान भएको छ । यसमा ७.० नुगट अपरेटिङ सिस्तमको जडान गरिएको छ ।

यसमा प्रसस्त स्टोरेज क्षमता रहेको छ । १ जिबी र्याम र ८ जिबी रोम रहेको यस फोनमा ३२ जिबीसम्मको मेमोरीकार्ड प्रयोग गर्न सकिन्छ । थ्रिजी नेटवर्क सपोर्ट गर्ने फोनमा २ वटा सिमकार्डको प्रयोग गर्न सकिन्छ ।

माइक्रोम्याक्सको यो उत्कृष्ट प्रिमियम स्मार्टफोनहरु मध्येको एक, बहुप्रतिक्षित स्मार्टफोन क्यु ३ एन्ड्रोयड बजेट स्मार्टफोनको प्रिमियम मूल्य दर रू ६,८२०्/– मात्र तिरेर आफ्नो बनाउन सकिन्छ । यो बजेट स्मार्टफोन बजारमा आएका अन्य बजेट स्मार्टफोनहरु भन्दा उत्कृष्ट फोनमा पर्छ । जसले कुनैपनि समयमा कार्य दक्षतामा कमी आउन दिँदैन् ।

स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो । विश्व बजारमा विस्तारै र निरन्तर रुपमा माइक्रोम्याक्सले आफूलाई उत्कृष्ट ब्राण्डको रुपमा स्थापित गर्दै आएको छ । माइक्रोम्याक्सका फोनहरु बजेट अनुकुल फोनको लागि प्रसिद्ध रहेको छ । यो एउटा यस्तो ब्राण्ड हो जसमा तपाई पूर्ण रुपमा निर्धक्क हुन सक्नु हुनेछ । माइक्रोम्याक्सले सधैं उत्कृष्टताका साथ आफ्नो ग्राहकहरुलाई खुसी राखेको छ । माइक्रोम्याक्सले आफ्ना ग्राहकहरुलाई कहिल्यै निरास पारेको छैन । कम्पनीले अहिले एक्स ४०९ बारफोन र क्यु ३५३ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *