डेढ अर्ब घोटाला : एपेक्स बैंकका अर्का सञ्चालक पनि पक्राउ

काठमाडौं, चैत ४। एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोगमा तत्कालीन एपेक्स बैंकका थप एकजना संचालक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले संचालक छविरमण अधिकारीलाई पक्राउ गरेको हो।

शनिवार दिउँसो अधिकारीलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको व्यूरोका डिएसपी श्याम ओलियाले पुष्टि गरे। घोटाला अभियोगमा व्युरोले शुक्रबार बैकका संचालक सहित १३ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरुमा एपेक्स बैकका अध्यक्ष विष्णु धिताल, इच्छाबहादुर गुरुङ, सुवर्ण राजभण्डारी, वधुवनलाल श्रेष्ठ, ऋषिराज भट्ट, दुर्गादत्त जोशी, रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर न्यौपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल र सुदीप थापा रहेको छन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *